0
loading...
काठमाडौं, २५ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको पछिल्लो कदमको सामना गर्ने नेकपा एमालेसहित नौ विपक्षी दलहरुले निर्णय गरेका छन् ।

राजविराज घटनाको समिक्षा गर्न बुधबार बसेको विपक्षी नौ दलीय गठबन्धनको बैठकले मोर्चाको निषेधको राजनीतिसहित पछिल्ला कदमको डटेर सामना गर्ने निर्णय गरेको हो ।

एमालेको मेची महाकाली अभियान अन्तर्गत सोमबार सप्तरीको राजविराजमा भएको आमसभामा प्रहरीले चलाएको गोली लागेर चार जनाको मृत्यु भएको थियो भने एक दर्जनबढी घाइते भएका छन् ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको उक्त बैठकले उक्त घटनाको निन्दा गर्दै अभियानलाई निरन्तरता दिने एमालेको निर्णयको स्वागत गरेको नेताहरुले जानकारी दिएका छन् । सो घटनाको न्यायिक छानबिन गरी दोषी उपर कडाकारबाही गर्न माग पनि गठबन्धनले गरेको छ ।

Post a Comment

Dear readers, after reading the Content please ask for advice and to provide constructive feedback Please Write Relevant Comment with Polite Language.Your comments inspired me to continue blogging. Your opinion much more valuable to me. Thank you.