0
loading...
जाजरकोट, २६ फागुन । सदरमुकामबाट साल्मा–५ खारातर्फ गइरहेको ना३ख २२७९ नंको यात्रुवाहक बस आज दुर्घटनामा पर्दा २६ यात्रुको निधन भएको छ ।

 भेरीमालिका नगरपालिका–४ पासागाड खोलामा भएको दुर्घटनामा ३० जना घाइते भएको प्रहरीले बताएको छ । घाइतेलाई जिल्ला अस्पतालमा ल्याइएको छ । त्रिचालिस यात्रु सदरमुकामबाट गएको चलानी पुर्जीमा उल्लेख छ ।
मृतक मध्ये लहँ गाविसका रामबहादुर बस्नेत, साल्मका नन्दलाल जैसी, सीमाका मदन पुन, भेरीमालिका नगरपालिकाका सन्तोष राना, गोपाल सुनार, शर्मिला सुनार, नविन चन्द, गणेश बोहरा र सन्त सुनारको सनाखत भएको छ ।

यस्तै दशेरा–१ का डिलबहादुर बुढा, रुकुम चौरजहारी–४ का कृष्ण गिरी, दशेरा–२ का मनीराम जैसी, भेरीमालिका नगरपालिका–१२ का बहादुर भनारी, मजकोट–७ का दले तिरुवा, भेरीपालिका नगरपालिका–१३ का हिउँसर गिरी, स्वीकोट सल्यानका उदय बुढा, भेरीमालिका नगरपालिका–११ गोप्ला सुनार, पजारु–८ का नैने दमाई, भेरीमालिका नगरपालिका–८ का चैते खत्री र गर्खाकोट २ का हरिबहादुर शाहीको सनाखत भएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिए ।

बस ४०० मिभन्दा अग्लो भिरबाट खसेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको छ । घटनास्थलमा उद्धार जारी छ ।

Post a Comment

Dear readers, after reading the Content please ask for advice and to provide constructive feedback Please Write Relevant Comment with Polite Language.Your comments inspired me to continue blogging. Your opinion much more valuable to me. Thank you.