0
loading...
एजेन्सी । संसारका चर्चित खेलमध्ये सबैभन्दा बढि लोकप्रिय खेल हो फुटबल । विश्वभर फुटबलका ३.५ अर्ब भन्दा बढि फ्यानहरु रहेका छन् । यीमध्ये धेरैका लागी फुटबल खेल मात्र नभएर परम्परासमेत बनिसकेको छ ।

प्रमुख व्यवसायिक खेलाडीले अन्य खेलाडीभन्दा धेरै नै पैसा कमाउछन् । विश्वमा सबैभन्दा धनी फुटवल खेलाडी युरोपमा छन् । स्पेन, इटली, जर्मनी, र फ्रान्सलाई खेलाडीहरुको सबैभन्दा ठूलो केन्द्र मानिन्छ । यी सबै खेलाडओ आफ्नै खुबी र प्रतिस्पर्धी भावले अगाडि आउन सफल भएका हुन् । यहाँ विश्वकै १० धनी फुटबल खेलाडी बारे चर्चा गरिएको छ।


१. क्रिष्टियानो रोनाल्डो
रियल म्याड्रिडका चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले वार्षिक ३२ मिलीयन युरो भन्दा बढि कमाउछन् । २०१५ को तथ्यांकअनुसार उनले हालसम्म २३० मिलीयन डलर कमाईसकेका छन् । पोर्चुगल राष्ट्रिय टिमका कप्तान समेत रहेका रोनाल्डो सबैभन्दा महंगा खेलाडीभित्र पर्दछन् । साथै उनले मोटोरोला, नाइकलगायतका चर्चित ब्रान्डको विज्ञापनबाट पनि पैसा कमाउछन् ।



२. लियोनल मेसी
फुटबलका ‘लेजेन्ड’ भनेर चिनिने अर्जेन्टिनाका चर्चित खेलाडी लियोनल मेसी बार्सिलोना फुटबल क्लबको लागी खेल्दछन् । मेसीलाई नचिन्ने सायदै होलान। उनको १२ महिनाको आम्दानी ६५ मिलीयन डलर भन्दा बढि रहेको छ । उनले विज्ञापन खेलेवापत २८ मिलीयन डलर कमाउछन् । उनले हालसम्म २१८ मिलीयन डलर भन्दा बढि कमाइसकेका छन् ।



३. नेयमार
ब्राजिल राष्ट्रिय टिमका क्याप्टेनसमेत रहेका नेयमार स्पानिस फुटबल क्लब बार्सिलोनाको तर्फबाट खेल्दछन् । नेयमार सदा र सबैका प्रिय खेलाडी हुन् । २०१५ को फोर्ब्स म्यागाजिनले सार्बजनिक गरेको तथ्यांक अनुसार उनको वार्षिक कमाई ५७. २ मिलीयन युरो रहेको छ । नेयमार महंगा खेलाडीमध्ये पाचौं स्थानमा पर्दछन् । उनले हालसम्म बोनससहित १३६ मिलीयन युरो कमाईसकेका छन् ।


४.ज्ल्तान इव्राहिमोभिक
यी स्विडेनका व्यवसायिक फुटबल खेलाडी रहेका स्विडेन राष्ट्रिय टिमका कप्तान हुन् । ज्ल्तानले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनीको तर्फबाट खेल्छन् । उनको वार्षिक आम्दमनी २४.९मिलीयन युरो रहेको छ । यीनले हालसम्म १०६ मिलीयन युरो कमाईसकेका छन् ।



५. याने रोने
याने रोने प्रतीभाशाली तथा चर्चित व्यवसायिक इंगलीस फुटवल खेलाडी हुन् । रोने ईन्लीस राष्ट्रिय टिमका क्याप्टेनसमेत हुन् र म्यान्चेस्टर युनाइटेडका खेलाडी । यीनको वार्षिक २७.८ मिलीयन युरो कमाउछन् । रोनेले हालसम्म ११२ मिलीयन युरो कमाईसकेका छन् ।



६.काका
व्राजिलीयन व्यवसायिक खेलाडी काकाले अमेरिकन प्रमुख लिगको तर्फबाट खेल्दछन् । यीनले रियल म्याड्रिडमा हुदा धेरै कमाएका थिए । यी पनि सबैभन्दा महंगा खेलाडी मध्ये पर्दछन् । यिनको तलब ८.२ मिलीयन डलर रहेको छ । काकाले हालसम्म जम्मा ९७ मिलीयन युरो कमाएका छन् ।


७. स्याम्यअल एटो-

क्यामरुनका फुटबल खेलाडी स्यामुअललाई स्ट्राइकर भनेर पनि चिनिन्छ । यिनलाई सबैभन्दा चर्चित अफ्रिकन खेलाडी मानिन्छन् । महंगा खेलाडी भित्र पर्ने यिनले वार्षिक २५ मिलियन युरो कमाउछन् भने जम्मा ९५ मिलीयन युरो कमाईसकेका छन् ।


८. राउल –

स्पेनका व्यवसायिक फुटबल खेलाडी राउलले १६ वर्षकासम्म रियल म्याड्रिडका तर्फबाट खेलेका छन् । उनी सबैभन्दा बढि ३२३ गोल बनाउने खेलाडी हुन् । यिनले हालसम्म ९३ मिलीयन डलर आम्दानी गरेका छन् ।


९. रोनाल्डिनो

ब्राजिलीयन लिजेन्ड भनेर चिनीने यी खेलाडी मेक्सीकन क्लबको तर्फबाट खेल्दछन् । रोनाल्डिनोले फिफा कप खेलाडी २००४ र २००५ जितेका थिए । ९७ खेल खेलेका यिनले ३३ वटा गोल गरेका छन् । यिनको हालसम्मको कुल आम्दानी ९०.५ मिलीयन डलर रहेको छ ।


१०. फ्र्यांक ल्याम्पार्ड-

इंग्लीस फुटबल खेलाडी रहेका यीनले म्यान्चेस्टर सिटीको तर्फबाट खेल्दछन् । यी खेलाडी चेलेसासंग थिए भने सदैब गोल गर्नमा साथ दिन सिपालुको रुपमा चिनिन्छन् । ल्याम्पार्डले हालसम्म जम्मा ८० मिलीयन डलर कमाइसकेका छन् ।

Post a Comment

Dear readers, after reading the Content please ask for advice and to provide constructive feedback Please Write Relevant Comment with Polite Language.Your comments inspired me to continue blogging. Your opinion much more valuable to me. Thank you.