0
loading...
हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं ।
जौको चिन्ह
समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ ।
शंखको चिन्ह
अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ ।
जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण हुन्छन् । १० बटै औंलामा शंख हुने ब्यक्ति महात्मा हुन्छ भने ८ वटा शंख हुने सुखी र धनी हुन्छन्
हस्त रेखामा हातमा हुने चक्रकोबारेमा पनि चर्चा गरिएको छ । जुन ब्यक्तिको १० वटै औंलामा चक्र छ भने त्यसता ब्यक्ति संसार जित्ने ब्यक्ति हुन्छन् । १ मात्र औंलामा चक्र भएमा विद्वान हुन्छ । २ औंलामा चक्र छ भने सुन्दर हुने मानिन्छ । भने ३ औंलामा चक्र हुने ब्यक्ति सुखी हुन्छन् र यस्ता ब्यक्तिलाई भोग र विलाश मन पर्छ ।
सूर्य पर्वत
हातको अनामिका औंलाको फेंदमा सूर्य पर्वत हुन्छ । सूर्यको सम्बन्ध राजनीतिक र सरकारी उच्च क्षेत्रसँग मानिन्छ । सूर्य रेखा सफा छ भने यस्ता ब्यक्ति सरकारी उच्च पदमा पुग्छन् । त्यसमा त्रिभुज समेत छ भने उनीहरुको प्रभाव देशमा मात्र होइन विदेशमा समेत हुन्छ ।

Post a Comment

Dear readers, after reading the Content please ask for advice and to provide constructive feedback Please Write Relevant Comment with Polite Language.Your comments inspired me to continue blogging. Your opinion much more valuable to me. Thank you.